जोगियो कर्णाली प्रदेशका मुख्यमन्त्रीको पद

Posted on: 16 Apr, 2021

वैशाख ३, काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । नेकपा एमालेका ४ सांसदले फ्लोर क्रस गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो । माधव नेपाल समूहका चार जना सांसद पूर्वमन्त्री प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बूढाले पार्टीको ह्वीप उल्लंघन गर्दै शाहीलाई मत दिएका हुन् ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रको सरकार छ । उनले २२ मत प्राप्त गरेका छन् । ३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्छ । प्रदेश सभामा नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । 

त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिए । एक सदस्य रहेको राप्रपा भने तटस्थ रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!