डाक्टर पढ्न विदेशी विद्यार्थी नेपालमा

Posted on: 24 Nov, 2019

मंसिर ८, काठमाडौँ | नेपाली बिद्यार्थीहरु बर्षेनी डाक्टर पढ्न अर्थात उच्च शिक्षा अध्ययनका लागि अमेरिका, अस्ट्रेलियालगायत मुलुक पुग्छन | तर विकशित भनिएका ति देशबाटै नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि आउने गरेका छन् | 

काठमाडौं विश्वविद्यालको २५औं दीक्षान्त सामारोहमा दीक्षित एमबीबीएस तहका एक हजार ९८ मध्ये दुई सय ४६ विद्यार्थी अमेरिका, बेल्जियम, भारत, भुटान, श्रीलंका, माल्दिभ्सलगायत देशका छन् | यसैमध्येकी हुन्, माल्दिभ्सकी लाम्या सलिम। काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट उनी एमबीबीएस उत्तीर्ण हुन् |

‘नेपाल बसाइको यो अवधि मेरो जिन्दगीकै उत्कृष्ट समय हो,’ शुक्रबार दीक्षान्तमा सहभागी उनले भनिन्, ‘यहाँको चिकित्सा शिक्षा मलाई ठिक लाग्यो, शुल्क पनि मध्यम खालको छ | यो समाचार आजको कान्तिपुर दैनिकमा छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!