कार्यक्रमका प्रमुख अथिति तथा प्रशिद्ध गजलकार बुँद रानाले साहित्य, कला र संस्कृतिको शंरक्षणको लागि श्रष्ठाहरुले समाजमा ठुलो भूमिका खेल्ने गरेको भन्दै, कला र साहित्यको सधैव सम्मान गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले, श्रष्टाले लामो समय लगाएर सृजर्ना गरेका साहित्यिक रचनाहरुले समाज र राष्ट्रलाई सहि मार्गमा लाने बताउँनुभयो । सोही अवसरमा भाषा बिद्ध हरिस चन्द्र लावतीले, कुम्मायक गाउँपालिकाको कला सस्कृति र साहित्य सरक्षणको लागि कुम्मायक–कुसायक प्रतिष्ठानले खेलेको भूमिका महत्वपुर्ण भएको बताउँनु भयो । गाउँघरमा रहेका मातृभाषा, कला र सकृतिको संरक्षण गरि जीवन्त रुपमा बचाई राख्नु आजको आवश्यक्ता रहेको लावतीले जोड दिनुभयो । सोही गजल प्रतियोगितामा कुम्मायक गाउँपालिका उप–प्रमुख सिता आचार्य, ‘मेची पोष्ट’ राष्ट्रिय दैनिका प्रकाशक लेखनाथ सिकारु लगायतका बक्ताहरुले सुभकामना तथा बधाइ ब्याक्त गर्नुभएको थियो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!