दिग्गज अभिनेता मुखर्जीको निधन

Posted on: 09 May, 2019

बैशाख २६, काठमाडौं । दिग्गज अभिनेता मृनाल मुखर्जीको मंगलबार बेलुका सिटी अस्पतालमा मृत्यु भएको छ ।

मुखर्जीको ७४ वर्षको वर्षको उमेरमा निधन भएको हो ।


पारिवारिक श्रोतका अनुसार मुखर्जीलाई क्यान्सरका साथै फोक्सोको समस्यासमेत थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार अस्पताल पुर्‍याइएको स्रोतले बताएको छ ।

उनका दुई छोरी र एक छोरा छन् । उनकी जेठी छोरी जोजो मुखर्जी हुन् जो गायिका हुन् । अर्की छोरी टिना मुखर्जी मोडल हुन् भने छोरा डेबोप्रियो मुखर्जी नायक हुन् ।

मुखर्जी विगत पाँच दशकदेखि बंगाली फिल्मी क्षेत्रमा कार्यरत छन् । उनका दुई बोन, चुती, श्रीमान् पृथ्वीराज, ब्योमकेश, चिरियाखानालगायतका फिल्म चर्चित छन् ।

उनी बंगाली थिएटरका पनि चर्चित व्यक्तित्व हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!