बलात्कारको आरोपमा अभिनेता करण ओबरोय पक्राउ, अदालतमै क्वाँ–क्वाँ रोए

Posted on: 07 May, 2019

बैशाख २४, काठमाडौं । ‘जस्सी जेसी कोही नहीँ, सारा, दिशाएं’ जस्ता टेलीश्रृङ्खलाबाट चर्चित भएका अभिनेता करण ओबरोयलाई मुम्बई पुलिसले बलात्कारको आरोपमा पक्राउ गरेको छ । करणमाथि एक फेसन डिजाइनरले बलात्कार गरेको आरोप लगाएकी छिन् । ओशिवारा पुलिसले करणविरुद्ध बलात्कार र जबर्जस्ती पैसा असुलीको मुद्दा दर्ता गरेको छ ।


पुलिसका अनुसार करणमाथि बलात्कारको आरोपबाहेक बलात्कारको भिडियो बनाएर त्यसमार्फत् पैसासमेत लिने गरेको आरोप छ । 

पीडितका अनुसार करणले आफ्नो माग सम्बोधन नभए भिडियो भाइरल गरिदिने धम्की दिने गर्दथे । अदालतले करणलाई ९ मेसम्म पुलिस हिरासतमा पठाएको छ । करणविरुद्ध यो मुद्दा सन् २०१८ मा दर्ता गरिएको थियो । सोमबार अँधेरी अदालतमा चलिरहेको सुनुवाईको क्रममा करण ओबरोय क्वाँ–क्वाँ रोएका थिए । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!