कतारमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

Posted on: 17 Mar, 2020

चैत ४, काठमाडौँ | कतारमा रहेका नेपालीहरुलाई कोरोनाभाइरस (कोभिड-१९)बाट बच्न कतार सरकारले अपनाएका उपायहरु अपनाउन दूतावासले आग्रह गरेको छ | मंगलबार एक सूचना जारी गर्दै कतार सरकारले कोरोनाभाइरस सम्बन्धि अबलम्बन गरेका उपायहरु अपनाउन र जारी गरेका निर्देशनहरु पालना गर्न दूतावासले आग्रह गरेको हो |

कतारस्थित नेपाली दुतावासले जारी गरेको सूचनामा भनिएको छ,"कोरोनाभाइरसको जोखिमलाई न्यूनीकरण गर्ने उदेश्यले कतार सरकारले अपनाएका सबै प्रकारका उपायहरुको अबलम्बन गर्नु/गराउनु,जारी गरेका निर्देशनहरुको पालना गर्नु/गराउनु हामिसबैको कर्तब्य हो |" दूतावासले कोरोनाभाइरसबाट बच्न यस अघि जारी गरेका सुचनाहरूबारे स्मरण गराउंदै उच्च सतर्कता अपनाउन भनेको छ |

त्यस्तै कतारबाट नेपाली नागरिकहरुलाई विनाकारण डिपोर्टेसन गरिएको भन्ने समाचारको सन्दर्भमा पनि आफ्नो ध्यानाकर्षण भएको जनाउंदै कतार सरकारका सम्बन्धित निकायसँग जानकारी लिनेकाम भइरहेको बताएको छ |

कतार सरकारले तोकेका निषेधित क्षेत्रमा नजान वा भेला नहुन समेत दूतावासले आग्रह गरेको छ | 'कतार सरकारले सम्बन्धित निकायबाट जारीहुने सबै प्रकारका निर्देशनहरुको अक्षरश पालना गर्नु' दूतावासले जारी गरेको सूचनामा भनिएको छ,'श्रमिकहरुको आवासीय क्षेत्रको आसपास सप्ताहन्त लगायत अन्य समयमा अबैधरुपमा पसल राखी सामानहरुको बेचबिखन गर्ने पाइएको र सो कुरा कतार सरकारले बन्देज गरेको हुँदा कम्पनीको आधिकारिक व्यक्तिसँग तोकिएको संख्या (२ जना )मा आधिकारिक स्थानबाट मात्र किनमेल गर्नु |'


यस बिषयमा तपाइको प्रतिक्रिया...!