सरकारी कर्मचारीको नयाँ तलब सार्वजनिक

Posted on: 05 Aug, 2019

साउन २०, काठमाडौं |  सरकारी कर्मचारीको नयाँ तलब निर्धारण भएको छ । अर्थमन्त्रालयले तयार गरेको नयाँ तलब मन्त्रिपरिषदले पारित गरिसकेको छ। यो सँगै साउन एक गतेदेखि कर्मचारीले नयाँ तलब पाउनेछन् । सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक लगायतलाई साउन एक गतेनै लागू हुनगरी नयाँ तलब कायम गरिनेछ । 

निजामति कर्मचारी अन्तर्गत मूख्य सचिव, नेपाली सेनाका प्रधान सेनापतिको ६९ हजार ४ सय ८२  रुपैयाँ पुगेको छ । रथीको ६६ हजार ७ सय १० रुपैयाँ पुगेको छ भने उपरथीको ६४ हजार ७२६ रुपैयाँ पुगेको छ ।  



यस बिषयमा तपाइको प्रतिक्रिया...!