५ महिनादेखि ऋणमा स्वास्थ्य मन्त्रालय, अस्पतालले पाएन उपचार खर्च

Posted on: 12 May, 2019

वैशाख २९, काठमाडौं । सरकारले ५ महिनादेखि क्यान्सर रोगीहरुको उपचार गरे वापत अस्पतालहरुलाई दिनुपर्ने रकम तिर्न नसकेको पाइएको छ । विरामीको उपचार भने नरोकिएको मन्त्रालयको दाबी छ ।

सरकारले क्यान्सर रोगीहरुलाई एक लाख रुपैयाँ उपचार खर्च उपलब्ध गराउँदै आएको छ । विरामीहरुले उपचार गर्दा लागेको रकममध्ये एक लाख मन्त्रालयले सम्बन्धित अस्पताललाई उपलब्ध गराउँछ ।

तर, ५ महिनादेखि बजेट अभावमा अस्पतालहरुले यो रकम पाएका छैनन् ।

चालु आर्थिक वर्षमा यो शीर्षकमा मन्त्रालयले अहिले १ अर्ब १० करोड बजेट पाएको थियो । त्यसमध्ये अघिल्लो आर्थिक वर्षको बाँकी ४५ करोड रुपैयाँ थियो । त्यो तिरेर बाँकी भएको ६५ करोडले कातित्कसम्म विरामीको उपचार गरेका अस्पतालहरुलाई भुक्तानी गरिएको छ ।

त्यसपछि भने रकम अभाव भयो । ‘अर्थ मन्त्रालयलाई ३/४ पटक आग्रह गर्‍यौं तर, बजेट आएन’ मन्त्रालयको नर्सिङ तथा सामाजिक ‘बजेट अभावमा अस्पताललाई रकम दिन सकिएको छैन ''सुरक्षा महाशाखा प्रमुख रोशनीलक्ष्मी तुइतुईले भनिन्,।

मन्त्रालयले रकम भुत्तानी नगरे पनि अस्पतालले उपचार भने रोकेको छैन ।

उनका अनुसार आगामी बजेटका लागि यो शीर्षकमा १ अर्बको सिलिङ प्राप्त भएको छ । जबकी चालु आर्थिक वर्षमा विरामीको उपचार गरे वापत अस्पतालहरुलाई तिर्नुपर्ने रकम भने १ अर्ब ५० करोड रुपैयाँ पुगिसक्यो । महाशाखा प्रमुख रोशनी यसलाई ऋण भन्न रुचाउँछिन् । उनले भनिन्, ‘क्यान्सरका विरामीहरुको संख्या बढ्दोछ । त्यसअनुसार हामीलाई आगामी आर्थिक वर्षका लागि ३ अर्ब बजेट चाहिन्छ । गत वर्ष झण्डै २४ हजार थियो भने यो आर्थिक वर्षमा फागुनसम्म यो संख्या ३५ हजार ६ सय १५ हजार पुगिसकेको छ ।

तर, गत आर्थिक वर्षभन्दा १० करोड रुपैयाँ घटाएर १ अर्बको मात्र सिलिङ आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!