आजपनि बढ्यो सुनको मूल्य !

Posted on: 05 Feb, 2019

माघ २२, काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ६२ हजार ६ सयमा कारोबार भइरहेको छ। 

सोमबार प्रतितोला ६२ हजार ५ सय रहेको थियो । 

यस्तै आज तेजावी सुन तोलमा ६२ हजार ३०० मा कारोबार भइरहेको छ।  

चाँदी भने आज अघिल्लो दिनको तुलनामा रु ५ बढ्दै ७ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!