वर्ल्डलिंकले नेपालका १४ ठूला सहरमा इन्टरनेट डाटासेन्टर निर्माण गर्ने

Posted on: 28 Jan, 2021

माघ १५, काठमाडौँ । वर्ल्डलिंकले नेपालका १४ ठूला शहरहरूमा इन्टरनेट डाटासेन्टर (आइडिसी) निर्माण गर्ने घोषणा गरेको छ। यी डाटासेन्टर नेपालका सबै प्रदेशमा कम्तिमा एउटा रहने वर्ल्डलिंकले जनाएको छ।

ती डाटसेन्टरहरूमध्ये काठमाडौंमा सबैभन्दा ठूलो हुने बताइएको छ। जुन अन्तर्राष्ट्रिय मान्यता प्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणिकरण सहितको हुनेछ। अन्य बाँकी डाटासेन्टरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणिकरण भएको हुनेछ।

कम्पनीकाअनुसार डाटासेन्टरले वर्ल्डलिंकको पूर्वाधार व्यस्थापन गर्छ। साथै अन्य इन्टरनेटसेवा प्रदायकहरू, टेलिकमहरु लगायत सरकारी , निजी संस्थाहरू र  सम्पूर्ण  देशलाई चाहिने सूचना प्रबिधि, दूरसंचार पूर्वाधारको व्यवस्थापन गर्नेछ।

आगामी तीन वर्षमा वर्ल्डलिंकले डाटासेन्टर निर्माण गर्न बताएको छ। करिब तीन सय करोडको लगानी गर्ने कम्पनीले जानकारी दिएको छ। यसको उद्देश्य ग्राहकहरुलाई गुणस्तरीय इन्टरनेट सेवा दिने र डिजिटल नेपाल निर्माण गर्न सहयोग गर्नु रहेको कम्पनीले जनाएको छ।

वर्ल्डलिंकले डाटासेन्टर निर्माणमा  नेपाल दुरसंचार प्राधिकरण, नेपाल बिधुत प्राधिकरण तथा नेपाल सरकार संग सहकार्य गर्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!