चिनमा बन्ने एप्पलका पाटपूर्जामाथि कर छुट नदिने ट्रम्पको घोषणा, अमेरिकामै उत्पादन गरे कर नलाग्ने

Posted on: 30 Jul, 2019

साउन १४, एजेन्सी | चीन र अमेरिकाबीचको व्यापार युद्धले चीनलाई मात्र घाटा नभएर अमेरिकाको  दिग्गज कम्पनी एप्पल पनि अप्ठेरोमा परेको छ ।  स्मार्टफोन तथा कम्प्युटरका पाटपूर्जाहरु अधिकांश चीनमै  उत्पादन गर्दै आएको एप्पलका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाले  निकै टाउको दुखाईको विषय बन्ने देखिएको छ |

चीनमा बन्ने एप्पलका म्याक प्रो कम्प्युटरका पाटपूर्जाहरु अमेरिकामा ल्याउँदा अमेरिकी सरकारले एप्पलमाथि कर तथा भन्सारमा कुनै छुट नदिने अमेरिकी राष्टपति ट्रम्प घोषणा गरेका छन् | उनले भनेका छन् चिनमा बनेका पाटपूर्जाहरुको आयातमा एप्पलले कुनै छुट पाउने छैन | तर ति पाटपुर्जा आफ्नै देशमा बनाए कुनै कर नलाग्ने छैन | 

राष्ट्रपति ट्रम्पको यस घोषणाप्रति एप्पलले तत्कालै कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । तथापि ट्रम्पको यस घोषणा पछि एप्पल कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ । गत जुलाई १८ मा अमेरिकी वाणिज्य प्रतिनिधि कार्यालयमा एक निवेदन दर्ता गर्दै एप्पलले आफ्ना विभिन्न १५ वटा पाटपूर्जाको आयातमा लाग्ने कर/भन्सारमा २५ प्रतिशत छुट गर्न  आग्रह गरेको थियो  | 

एप्पलले आफ्नो नयाँ म्याक प्रो डेस्कटप कम्प्युटरको निर्माण चीनमा नगरी अमेरिकाको टेक्सासमा गर्ने भएको समाचार गत जून महिनामा वाल स्ट्रीट जर्नलमा छापिएको थियो । चिनमा एप्पलका धेरै उपकरणहरु  निर्माण हुन्छन | गत मार्चमा सकिएको त्रैमासिकमा एप्पलको कूल आयको १८ प्रतिशत हिस्सेदारी चीनको रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!