चैत ३, काठमाण्डाै - सामसुङले ग्यालेक्सी ए२० स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।
उक्त फोन ग्यालेक्सी ए सिरिज अन्तर्गतको तेस्रो फोन भएकाे कम्पनीले जनाएकाे छ । ग्यालेक्सी ए२० मा डुअल क्यामराका साथ अल्ट्रा–वाइड लेन्स, तथा चाँडो चार्ज हुने ४००० मिलि एम्प आवरकाे ब्याट्री रहेको छ भने सुपर एमोलेड डिस्प्ले रहेकाे छ ।
यसमा एण्ड्राेइडकाे सबैभन्दा पछिल्लाे भर्जन एण्ड्राेइड पाइ अपरेटिङ सिस्टम तथा सामसङ वान युजर इन्टरफेस रहेकाे कम्पनीले जनाएकाे छ ।
यसकाे बजार मूल्य २०,४९० रुपैयाँ ताेकिएकाे छ भने सुनौलो, नीलो र कालो रंगमा उपलब्ध छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!