विश्वकप फुटबलको छनोट खेलको नयाँ तालिका सार्वजनिक, नेपालले कहिले खेल्दैछ ?

Posted on: 11 Dec, 2020

मङ्सिर २६, काठमाडौँ | विश्वकप फुटबलको छनोटको लागि नेपालले खेल्ने खेलको नयाँ तालिका सार्वजनिक भएको छ ।

एसियाली फुटबल महासङ्घले शुक्रबार सार्वजनिक गरेको नयाँ तालिकाअनुसार नेपालले आउँदो मार्च २५ तारिखमा चाइनिज ताइपेईसँग खेल्नेछ । यस्तै मार्च ३० तारिखमा अस्ट्रेलियासँग र जुन ७ तारिखमा जोर्डनसँग खेल्ने भएको छ । नेपालले सबै खेल घरेलु मैदानमै खेल्नेछ ।

समूह 'बी' मा रहेको नेपालले अहिलेसम्म खेलेका पाँच खेलमा जम्मा एक खेल मात्रै जितेर तीन अङ्कका साथ चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराए पनि जोर्डनसँगका दुई वटै खेलमा तथा अस्ट्रेलिया र कुवेतसँगका एक/एक खेलमा हारेको छ ।

गएको मार्च/अप्रिलमा हुनुपर्ने छनाेट खेल कोरोना भाइरसको महामारीको कारण आउँदो मार्चदेखि सुरु हुने भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!