कोरोनभाइरसका कारण संसद बैठक रोक्न माग

Posted on: 12 Mar, 2020

फागुन २९, काठमाडौँ | विश्वभरी फैलिरहेको कोरोनाभाइरसबाट बच्नका लागि संसद बैठक,विद्यालय बन्द गर्न सांसदले माग गरेका छन् | बिहिबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका संसदले उच्च सतर्कता अपनाउँन सरकारको ध्यानाकर्षण गराएका हुन् |

काँग्रेस संसद भीमसेनदास प्रधानले भने,‘कोरोनाको संक्रमणले विश्व नै त्रसित भइरहेका बेला संसदलाई निरन्तर चलाइराख्नुको कुनै तुक छैन । यस्तो ठाउँमा संक्रमण फैलने सम्भावना धेरै हुन्छ । हामीलाई संक्रमण भयो भने गाह्रो हुन्छ । चाँडोभन्दा चाँडो संसद बन्द गर्नुपर्‍यो,|’ 

त्यस्तै कांग्रेसका अर्का सांसद भरत शाहले पनि भने, ‘संसदलाई धेरै दिन नचलाउने हो कि ?’भन्दै प्रश्न गरेका छन् | यस अघि पनि सांसदहरुले विद्यालय,संसद बैठक बन्द गर्नुपर्ने माग गर्दै आएका छन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!