मंसिर २२, काठमाडौँ | झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधीन भवनमा बम बिस्फोट गराएको आरोपमा नेत्रविक्रम चन्द विप्लव समूहको मेचीनगर इञ्चार्ज पक्राउ परेका छन् | मेचीनगर नगरपालिका इञ्चार्ज तथा झापा जिल्ला सदस्य यामकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको हो |
उनी झापा शिवसताक्षी नगरपालिका-४ पाँचगाछीका हुन् | गत भदौ २३ गते सहकारीको निर्माणाधीन भवनमा बिस्फोट भएको थियो | महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार बिस्फोट गराउने समूहको खोजी क्रममा उनलाई पक्राउ गरिएको हो |
शुक्रबार साँझ तीनकुनेबाट उनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!