प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक

Posted on: 25 Aug, 2019

भदौ ८ , काठमाडौँ | सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक डाकेका छन्।

प्रवास कमिटी, छ महानगरको अध्यक्ष र सचिव तथा बाँकी केन्द्रीय सदस्यहरूको कार्यविभाजनबारे छलफल गर्न बैठक डाकिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

‘बैठक भोलि पार्टी कार्यालय धुम्बाराही बस्नेछ’, उनले भने। गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पनि प्रचण्डले पार्टी बैठक चलाउन सक्ने र एकताको बाँकी काम पूरा गर्ने निर्णय गरेपछि प्रचण्डलाई बैठकको अध्यक्षता गर्ने बाटो खुलेको हो।

यसअघि पार्टी सचिवालयको बैठक दुवै अध्यक्षहरूको उपस्थितिमा हुँदै आएको थियो। ओली र प्रचण्डले यसअघिका बैठकहरू सहअध्यक्षतामा सञ्चालन गर्दै आएका थिए।

उपचारको सिलसिलामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!