राजसंस्था फर्काउँछु भन्नु बेमौसमको बाजा : प्रधानमन्त्री

Posted on: 18 Aug, 2019

भदौ १, काठमाडौं ।आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्काउँछौं भन्नु बेमौसमको बाजा भएको बताएका छन् ।

 उनले चिहानमा गएर हड्डी फुकेर राजसंस्था फर्काउँछु भन्ने परिकल्पना गरेर उफि्रएको बताए । यो दाबीमा पत्यार नलागेर सरकार मौन बसेको भन्दै उनले भने, ‘पत्याएका दिन संविधान, गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!