बालुवाटार जग्गा प्रकरणः अख्तियारभित्रै सेटिङ प्रयास

Posted on: 17 Apr, 2019

बैशाख ४, काठमाडौँ | बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महाशाखा प्रमुखलाई ‘अघोषित कारबाही’ गरेको छ ।

अख्तियारले अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीलाई महान्यायाधिवक्ता कार्यालयमा फिर्ता पठाएको हो । 

जोशीले ललिता निवासबारे पेस गरेको अनुसन्धान प्रतिवेदनसमेत विश्वासिलो नभएपछि अख्तिायारले छिट्टै नयाँ अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको छ । 

- यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!