कोरोनाभाइरसबारे १२ बर्ष पहिले भविष्यवाणी गरेको खुलासा,यस्तो पुस्तक भेटियो

Posted on: 06 Mar, 2020

फागुन २३, एजेन्सी | हाल विश्वभरी फैलिएको कोरोनाभाइरस (कोभिड-१९)बारे १२ बर्ष अघि नै भविष्यबाणी गरेको पाइएको छ | अमेरिकी लेखक सिल्भिया ब्राउनले आफ्नो पुस्तक "इन्ड अफ डेज" (End of Days)मा विश्वभर कोरोनाभाइरस फैलिने भविष्यबाणी गरेकी हुन् |

Image may contain: 1 person, text

उक्त पुस्तक सन् २००८ मा प्रकाशित भएको थियो | सिल्भिया ब्राउनले लेखेको "इन्ड अफ डेज" पुस्तकको ३१२ पेजमा भनिएको छ,"2020को आसपासमा निमोनिया जस्तो स्वासप्रश्व सम्बन्धि रोग फैलिने छ, जसले छाति अथवा श्वासप्रश्वासमा असर गर्छ | यस्तो रोगको उपचार कुनै तरिकाले गर्न सकिने छैन |"

उनको यो पुस्तकमा हाल फैलिरहेको कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण भएको रोगको भविष्यवाणी गरिएको छ | भारतीय संचारमाध्यम न्युज २४ का अनुसार सिल्भिया ब्राउन अमेरिकाकी मनोवैज्ञानिक, प्यारानोर्मल तथा काल्पनिक लेखिका हुन | 

उनले विश्वमा ४० भन्दा बढी पुस्तक लेखेकी छिन | अहिले यो पुस्तकको निकै चर्चा भइरहेको छ |

No photo description available.


यस बिषयमा तपाइको प्रतिक्रिया...!