आज देखि अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने

Posted on: 14 Jan, 2021

माघ १, काठमाडौँ | आज देखि एक बैंकको कार्ड प्रयोग गरेर अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने भएको छ | गत हप्ता नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै कारोबार गर्दा अन्तर बैंकिंङ्ग एटिएम शुल्क लिन पाउने व्यवस्था गरेको हो | 

त्यस्तै महिनामा दुई पटक मात्र प्रयोग गर्दा भने शुल्क नलाग्ने भएको छ | दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने गरी बैंकले निर्देशिक जारी गर्दै अधिकतम प्रतिकारोबार शुल्क तोकेको छ |

त्यस्तै ग्रहाकको पूर्व अनुमति लिएर र सेवा शुल्कबारे पूर्व जानकारी गराएर मात्र मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा शुल्क लिन भनेको छ | कोरोना भाइरसका कारण गत चैत देखि अन्तर बैंक एटिएम कारोबार बैंकहरुले नै निशुल्क गरेका थिए |

पछि राष्ट्र बैंकले निर्देशन नै जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!