रुपन्देहीमा आज बिहान बस दुर्घटना,८ जना घाइते

Posted on: 09 Jul, 2024

असार २५, बुटवल । रुपन्देही तिलोत्तको २ शंकरनगरमा आज बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएको छ । 

प्रहरी चौकी ड्राइभरटोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टेको हो ।

बसमा सवार ८ जना घाइते मध्ये सहचालकको अवस्था मध्यम रहेको  छ । अन्य सामान्य घाइते भएको प्रहरीले जनाएको  छ । बसमा १६ जना सवार थिए । प्रहरीले चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको  छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!