विवादित टिकटकर शान्ति बराल माओवादीबाट निष्कासित

Posted on: 06 Nov, 2023

कार्तिक २०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) ले विवादित टिकटकर शान्ति बरालमाथि अनुशासनको कारबाही गरेको छ । माओवादी सैनामैना नगर समितिले एक विज्ञप्ति जारी गर्दै बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ ।

उनी सैनामैना नगर समिति सदस्य तथा वाइसिएल नेतृसमेत थिइन् । चर्चित टिकटकर रहेकी उनी पछिल्लो समय अश्लील गतिविधि देखाएकोमा आलोचित भएकी थिइन् । 

बरालले पार्टीको साङ्गठनिक जिम्मेवारी, आम नेपालीको सामाजिक/सांस्कृतिक व्यवहारका विरूद्ध सामाजिक सञ्जालमा प्रस्तुत भएकाले निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!