भैरहवामा ज्ञानेन्द्र शाहको सम्बोधन : राष्ट्रको अस्तित्वमाथि खिया लाग्दैछ

Posted on: 04 Jan, 2024

पुस १८, काठमाडौँ | पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रको अस्तित्व माथि खिया लाग्दै गइरहेको बताएका छन् । बिहीबार शुक्रवार रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा पूर्वराजा शाहले नेपाल र नेपालीहरू परावलम्बी र परनिर्भर बन्दै गएकाले आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिँदै गइरहेको पनि बताएका छन् ।

‘हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन । सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छौं’, शाहले आफ्नो सम्बोधनमा भनेका छन् । साथै उनले अनेक श्रोत साधन सम्पदाले भरिपूर्ण भएको समृद्धशाली देश सुन्दर र मनोरम भए पनि यतिका सम्पदा, मूल्य मान्यता तथा सभ्यता भएर पनि आज कता कता आफैँ हराइरहेको बताएका छन् ।

पूर्वराजा शाहले देश बनाउन राम्रो मार्गचित्र तयार गर्नुपर्नेमा जोड दिँदै द्धन्द, विग्रह र विवादबाट उठेर नेपालको माटो र नेपाली बाटो समातेर हिँड्न कविता शैलीमा आह्वान समेत गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!