गर्मी बढेपछि तिलोत्तमाका विद्यालयमा एक महिना बिदा

Posted on: 30 May, 2024

जेठ १७, तिलोत्तमा । अत्यधिक गर्मी बढेको भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालयहरुमा एक महिना गर्मी बिदा दिएको छ ।

नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै नगरभित्र रहेका सामुदायिक र संस्थागत सबै विद्यालय जेठ १८ गतेदेखि असार १४ गतेसम्म बन्द गर्ने निर्णय गरेको जनाएको हो ।

नगरप्रमुख रामकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र पठनपाठन सञ्चालन गर्न समस्या भएकाले बिदा दिइएको उल्लेख छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!