गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा हंगेरीको विज(wizz) विमान थपिने

Posted on: 30 Aug, 2022

भदौ १४, काठमाडौँ | गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा हंगेरीको विज (wizz) एयरलाइन्सले पनि उडान गर्ने भएको छ । विज एयरलाइन्सले आगामी कात्तिक १३ गते देखि अबुदावीबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान भर्ने सहमति भइसकेको छ ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका प्रबन्धक यज्ञप्रसाद न्यौपानेका अनुसार विजले हप्तामा तीन दिन उडान भर्ने गरी सहमति भएको र उक्त एयरलाइन्सले टिकट बुक गर्ने अनुमति पनि दिइसकेको छ । 

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा कुवेतबाट अलजजिरा एयरलाइन्सले हप्तामा तीन दिन उडान भर्दै आएको छ । अल जजिराले सोमबार, बुधबार र शुक्रबार उडान गर्ने गरेको छ । अलजजिरा एयरलाइन्सको बिमान कुवेतबाट सवा चार घण्टाको समयमा भैरहवा अवतरण गर्ने गर्दछ । प्रबन्धक न्यौपानेका अनुसार अल जजिराले आगामी असोज १ गतेबाट हप्तामा सातै दिन नियमित उडान भर्नेछ । त्यसको पनि तयारी पुरा भएको यज्ञप्रसाद न्यौपानेले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!