मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु

Posted on: 21 Jan, 2024

माघ ७, वीरगन्ज | पर्साको वीरगन्जमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएस अध्ययनरत २ जना विद्यार्थीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा भएको मोटरसाइकल दुर्घटनामा २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

 मृत्यु हुनेहरूमा धनुषा ५ का सुमित यादव र बारा सुवर्णपुरका सञ्चित यादव रहेका छन् । प्रहरीका अनुसार मृतक दुवैजना वीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए । 

र्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाका अनुसार मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको दुर्घटना भएको हो |

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । बिहान स्थानीयले दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!