वीरगञ्ज महानगरमा एमालेका सरावगीभन्दा राजपाका राजेशमान ४५०९ मतले अगाडि

Posted on: 17 May, 2022

जेठ ३, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टी (राजपा) का राजेशमान सिंहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । नेकपा एमालेका विजयकुमार सरावगी भन्दा सिंहले ४ हजार ५०९ मत बढी ल्याएका छन् ।


१६ हजार ४४७ मत गणना हुँदा सिंहले ८१३१ मत ल्याएका छन् भने एमालेका सरावगीले ३६२२ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ४९३२ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी (लोसपा) का पुरुषोत्तम लाल झाले ७८३ मत ल्याएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!