समाजवादीले उम्मेदवारी टुंग्यायाे, मेयरमा पारस सिफारिस

Posted on: 22 Apr, 2022

वैशाख ९, मुगु । नेकपा एकीकृत समाजवादी मुगुले उम्मेदवारी टुंगाे लगाएको छ । ३० वैशाखचत हुने स्थानीय तहको निर्वाचनका लागि उक्त पार्टी मुगुले उम्मेदवार टुंगो लगाएको हो ।

छायाँनाथ रारा नगरपालिका मेयरा पारसमणी मल्ललाई उम्मेदवार बनाउने निर्णय भएकाे  छ । सोरु गाउँपालिकामा धर्मबहादुर शाहीलाई अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको समाजवादी मुगुले जनाएको छ । 

खत्याड गाउँपालिका र मुगुमकामारोगँ गाउँपालिकामा आकांक्षीको मूल्यांकधानका आधारमा उम्मेदावारी टुङ्गो लगाइने भएकाे छ ।

छायाँनाथ रारा नगरपालिकामा उपप्रमुखका लागि कुञ्जुमा कुमाई , नेताप्रसाद चौलागाई, विरेन्द्रबहादुर मल्ल , ईन्द्रिरा हमाल र शिवलक्ष्मी मल्लको नाम सिफारिस गरिएको छ ।


तस्वीरमा: छायानाथ रारा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका पारसमणि मल्ल । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!