प्रहरीले मुगु सामूहिक हत्या घटनामा संलग्न व्यक्तिलाई आज सार्वजनिक गर्दै

Posted on: 10 Nov, 2023

कार्तिक २४, काठमाडौं | मुगु सामूहिक हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ । प्रहरीले बुधबार सुर्खेतबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका मुगु छायाँनाथ रारा नगरपालिकाका ३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले आज सार्वजनिक गर्न लागेको हो । 

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका उनी मृतक परिवारका आफन्त रहेको बुझिएको छ।

हत्यामा उनीसँगै अर्का एकजनाको पनि संलग्नता रहेको प्रहरीको अनुमान छ । यसबारे अनुसन्धान गरिरहेको स्रोत बताउँछ ।

सो घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोली आइतबार मुगु गएको थियो ।

कार्तिक १० मा मुगुको छायाँनाथ रारा नगरपालिका–६, मन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय मनोज, ९ वर्षीया अप्सरा र आठ महिनाका रहरको शव फेला परेको थियो । उनीहरूलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!