उत्तरपश्चिम पाकिस्तानमा सैन्य कारबाहीमा पाँचजना आतङ्ककारी मारिए

Posted on: 11 Mar, 2023

फागुन २७, इस्लामाबाद | पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गरिएको सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिएका छन् ।  

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जनाएअनुसार सुरक्षा बलहरूले प्रान्तको उत्तरी वजिरिस्तान र दक्षिण वजिरिस्तान जिल्लाहरूमा कारबाही शुरु गरेको छ।

 "अपरेसनका क्रममा तीव्र गोली हानाहान भएको र त्यसमा पाँचजना आतङ्ककारी मारिएका छन्," सेनाको विज्ञप्तिमा भनिएको छ । 

मारिएका आतङ्ककारीहरूबाट हतियार, गोलाबारुद र ठूलो परिमाणमा अन्य हतियारजन्य उपकरण पनि बरामद गरिएको  पनि सेनाले जनाएको छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!