आफ्नै विहेमा पुग्न सकिनन् दुलही, भयो लाखौँको नोक्सान

Posted on: 29 Jan, 2023

माघ १५, काठमाडौँ | आफ्नो विहे समारोहमा जानको लागि एयरपोर्ट पुगेकी एक महिलाले त्यहाँ पुगेपछि मात्रै फ्लाइट क्यान्सिल भएको थाहा पाइन् । उक्त महिलाले विवाह समारोहमा पुग्नको लागि हर प्रयास गरिन् तर उनको हरेक प्रयास असफल भयो ।


महिलाका हुनेवाला श्रीमान परिवार, मान्यजनसहित विवाह स्थलमा दुलाही कुरिरहेका थिए । दुलहा परिवार र मान्यजनसहित करिब ३ हजार २ किलोमिटर टाढा रहेको विवाहस्थलमा दुलही पर्खिरहेका थिए ।

यस घटनाले  ती जोडीले करिब ५८ लाख नोक्सानी व्योहोरेका छन् ।

सेन्ट लुइस निवासी केटी डेम विवाहको लागि बेलिज देशमा जानुपर्ने थियो । तर त्यस समय साउथेष्ट एयरलाइन्सले फ्लाइट क्यान्सिल ग-यो । साउथेष्ट एयरलाइन्सले महिलालाई त्यसको सट्टामा अर्के फ्लाइटसमेत दिएन । एयरलाइन्स कम्पनीको यो लापरबाहीको कारण महिला आफ्नै विवाहमा पुग्न सकिन्न ।

यो जोडीले ३० डिसेम्बरमा विवाहको योजना बनाएका थिए । २७ डिसेम्बरमा दुलही साथीभाइसहित एयरपोर्ट पुग्दा फ्लाइट क्यान्सिल भएको उनले जानकारी पाएकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!