शान्ति सेनाद्वारा लेबनानी-इजरायली सीमामा संवेदनशील गतिविधि नगर्न चेतावनी

Posted on: 21 Jan, 2023

माघ ७, बेरुत | लेबनानमा रहेको संयुक्त राष्ट्रसंघको अन्तरिम बल ले लेबनान-इजरायली सीमाना नजिक तनाव निम्त्याउने खालको कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ।

संयुक्त राष्ट्रसंघ एजेन्सीका प्रवक्ता एन्ड्रिया टेनेन्तीले युनिफिल शान्ति सैनिकहरू ब्लु लाइनको उल्लङ्घन भएमा  कडा निगरानी गर्न र तनाव कम गर्न मैदानमा तम्तयार रहेको बताएको छ ।  

"हामी दुबै पक्षहरूसँग निरन्तर सम्पर्कमा छौं र ब्लु लाइन नजिकका कुनै पनि गतिविधिहरूको संवेदनशीलतालाई जोड दिन्छौं," उनले उल्लेख गरेका छन्।

प्रवक्ता टेनेन्तीको यस्तो टिप्पणी लेबनानको दक्षिणी सिमानामा तनाव बढेको दुई दिनपछि आएको  हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!