आईपीएलमा गिललाई १९ लाख जरिवना

Posted on: 27 Mar, 2024

चैत १४, काठमाडौँ । गुजरात टाइन्सका युवा कप्तान शुभमन गिललाई इन्डियन प्रिमियर लिग (आईपील) २०२४ मा १९ लाख २४ हजार रुपैयाँ ( १२ लाख भारु) जरिवना लागेको छ ।

मंगलबार राती चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ निर्धारित समय भन्दा १ ओभर ढिलो सकिएपछि सुस्त ओभर रेटका कारण कारबाहीमा परेका हुन् ।


आईपीएल २०२४ मा दोस्रो खेलमा गुजरात टाइटन्स चेन्नई सुपर किंग्स विरुद्ध मैदानमा उत्रिएको थियो । यो खेलमा गुजरात टाइटन्सले जानाजानी सुस्त गतिमा खेलेको आरोप छ । यही आरोपमा टिमका कप्तान शुभमन गिललाई १२ लाख भारु जरिवाना तिराइएको हो ।

इन्डियन प्रिमियर लिगले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको छ । ‘यो टोलीको पहिलो गल्ती भएकोले आईपीएल आचार संहिता अन्तर्गत उनीहरूलाई न्यूनतम जरिवाना लगाइएको छ ।’ नोटिसमा भनिएको छ ।

गुजरातले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले हराएको थियो । चेन्नईसँग ६३ रनले पराजित भएको थियो । चेन्नईले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । गिलले आईपीएलमा पहिलो पटक कप्तानी गरेका छन् । यसअघि दुई संस्करण कप्तानी गरेका हार्दिक पान्ड्या मुम्बई इन्डियन्स फर्किपछि गिलले नेतृत्वको अवसर पाएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!