भारतको विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै बढी

Posted on: 23 Mar, 2024

चैत १०, काठमाडौँ | भारतको विदेशी मुद्रा सञ्चिति लगातार चौथो साता बढेर मार्च १५ मा ६४२.४९ अर्ब डलरको रेकर्ड स्तरमा पुगेको छ ।

रिजर्व बैंक अफ इन्डियाको तथ्याङ्क अनुसार मार्च १५ मा समाप्त भएको सातामा ६.४ अर्ब डलरको वृद्धि भएको थियो । पछिल्लो तीन हप्तामा यो २० अर्ब डलरले बढेको छ ।

भारतको अर्थतन्त्र अहिले विश्वको तीव्र गतिमा बढिरहेको अर्थतन्त्रमा पर्छ । यसले भारतलाई २०२३ मा २०.७ बिलियन डलरको विदेशी लगानी हासिल गर्न मद्दत गरेको छ ।

यो वर्ष अहिलेसम्म १ अर्ब ८५ करोड अमेरिकी डलरको वैदेशिक लगानी आएको छ । भारतलाई ग्लोबल बन्ड इन्डेक्समा समावेश गरेपछि सेप्टेम्बर २०२३ को अन्त्यसम्ममा यहाँ १० अर्ब डलरको विदेशी लगानी आएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!