काठमाडौंको चन्द्रागिरीस्थित झाडीमा एक पुरुष मृत भेटिए, प्रहरी अनुसन्धान गर्दै

Posted on: 02 Feb, 2023

माघ १९, काठमाडौँ | काठमाडौंको नागढुङ्गामा एक पुरुष मृत भेटिएका छन्।

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित खोल्साको झाडीमा पुरुष मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। रुपन्देही ओमसतिया गाउँपालिका-२ बस्ने ४० वर्षीय ईन्द्रबहादुर गन्दर्भ बुधवार मृत अवस्थामा फेला परेका हुन्।

शवको पोस्टमार्टको लागि अस्पताल लगिएको छ। त्यस्तै, प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिएको छ। अहिलेसम्म मृत्युको कारण भने खुलिसकेको छैन।

यस बिषयमा तपाइको प्रतिक्रिया...!