आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

Posted on: 15 Aug, 2022

साउन ३०, काठमाडौँ | आज देशभर बदली हुने भएको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा हुने ठानिएको छ ।

बुधबार प्रदेश १, बागमती र गण्डकीमा वर्षाको आकलन गरिएको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!