पोखरामा गैरापाटनबाट बागलुङ बसपार्क जाने भित्री सडकसँगै घर भासियो

Posted on: 26 Jun, 2022

असार १२, काठमाडौँ | केही दिनदेखि भएको अविरल वर्षाले पोखरमा सडक र घर भासिएको छ। पोखराको गैरापाटनबाट बागलुङ बसपार्क जाने भित्री सडक भासिनुका साथै एउटा घरमा क्षति पुगेको छ। 


फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिए । ‘सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको छ । घरको बाहिरी भाग सकुशल छ तर, भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको छ,’ वडाध्यक्ष पराजुलीले भने, ‘घर ओढारजस्तो भएको छ ।’

सडक भासिएसँगै उक्त स्थानबाट पोखरा बागलुङ राजमार्ग हुँदै गणेशटोल, गैरापाटन आउजाउ गर्न रोकिएको छ। भासिएर सडकमा बनेको खाल्डो नगरपालिकाले पुर्न लागेको पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङका प्रेस संयोजक एकराज गिरीले जानकारी दिए।

जमिनभित्र चुनयुक्त माटो भएको र बर्खामा पानीको सम्पर्कमा आउँदा पग्लिएर सडक भ्वाङ पर्ने गरेको विज्ञहरुले बताउँदै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!