काठमाडौं र भक्तपुरमा दुई युवाको शव फेला

Posted on: 27 Mar, 2024

चैत १४, काठमाडौँ । काठमाडौं र भक्तपुरमा दुई युवाको शव फेला परेको छ । बुढानीलकण्ठ नगरपालिका–१३ मा एक पुरुष मृत अवस्थामा भेटिएका छन्।

बुढानीलकण्ठको चुनिखेल पोखरी बस्ने ४६ वर्षीय विजय श्रेष्ठ आफ्नै घरभित्र बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका–९ इटाछास्थित चुनदेवि इँटा भट्टाको झ्याउलीमा पनि एक पुरुषको शव भेटिएको छ 

सोही इटा भट्टामा काम गर्ने रोल्पाको परिवर्तन गाउँपालिका–४ घर भएका ४० वर्षीय मन बहादुर बुढा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!