४३ रनको सुरुवाती साझेदारी गरेको आयरल्यान्ड एले लगातार गुमायो विकेट

Posted on: 26 Mar, 2024

चैत १३, काठमाडौँ । नेपालविरुद्ध १९९ रनको लक्ष्य पछ्याइरहेको आयरल्यान्डले दुवै ओपनर गुमाएको छ । पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेको आयरल्यान्ड एले सोही अवस्थामा अर्का ओपनरलाई पनि गुमाएको हो । रोस अडैरले १७ र स्टेफन डोहेनीले २६ रन बनाए। सोमपाल कामी र कुशल मल्लले एक एक विकेट हात पारे ।

आयरल्यान्ड एले ६ ओभरमा २ विकेट गुमाएर ४६ रन जोडेको छ ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्नेक्रममा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ९८ रन जोड्यो ।

नेपालका गुल्सन झाले ३२ बलमा ४६ र कुशल मल्लले १३ बलमा ३४ रन जोडे । रोहित पौडेलले २४ बलमा ३३ र कुशल भुर्तेलले १६ बलमा २५ रन जोडे। सन्दीप जोराले पनि १० बलमा २१ रन बनाए । गुल्सन र रोहितबीच चौथो विकेटका लागि ७१ रनको साझेदारी भएको थियो ।

नेपालका आसिफ शेख ११ र अनिल शाह १२ रन बनाएर आउट भए । विवेक यादब ७ रनमा अविजित रहे । यसअघि पहिलो खेलमा नेपाल सोमबार ६ विकेटले विजयी भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!