इलाम-२ उपनिर्वाचनका लागि राप्रपाले पठायो उम्मेदवारको नाम

Posted on: 26 Mar, 2024

चैत १३, काठमाडौँ । इलाम–२ उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) इलाम जिल्ला समितिले उम्मेद्वारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ । 

वैशाख १५ गते हुने सङ्घीय उपनिर्वाचनका लागि राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले क्रमशः लक्ष्मी गुरुङ, यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम उम्मेदवारको रूपमा प्रदेशमा सिफारिस गरेको राप्रपा इलामका प्रवक्ता गोपाल पौड्यालले बताए ।

बैठकमा राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख राम थापा, कोशी प्रदेश सभासद् गोपाल गजमेर र हल्दिबारी गाउँपालिकाका अध्यक्ष तथा राप्रपा इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनका संयोजक रवीन्द्र लिङ्देनको समेत उपस्थिति रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!