नेपाली कांग्रेसका नेता एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि

Posted on: 19 Mar, 2024

चैत ६, काठमाडौँ | खतिवडाले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति नबनेसम्म संसद् चल्न नदिने बताएका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले आज संसद्मा दिएको जवाफ आफूहरुलाई चित्त नबुझेको र निश्पक्ष छानविनका लागि संसदीय समिति एकमात्रै विकल्प रहेको बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्री एकदम निश्पक्ष, इमानदार हुनुहुन्छ भन्ने अभिव्यक्ति दिएको उनको भनाइ छ । ‘पोखरामा पीडितहरुले दिएको निवेदन पनि अनुहार त्यस्तै मिलेको, दारी पनि भएको । रवि लामिछाने हो कि गृहमन्त्री अहिले अर्को कोही हो भनेर पीडितले सोधेका थिए ।’ उनले भने, ‘त्यहीजस्तो लाग्छ, तर उहाँ चाहीँ दोषी होईन भनेर उहाँले जवाफ दिनुभयो । हामीलाई चित्त बुझेको छैन । त्यसैले हामीले भन्यौं– यस्ता प्रचलनहरु छन्, संसदीय समिति गठन गर्नुपर्छ भन्ने हाम्रो माग छ । त्यो माग सरकारले पूरा गरेन भने भोलिदेखि संसद् चल्दैन । त्यो काम सरकारको हातमा छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!