सुन तस्करी र दोषीलाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउँछु : गृहमन्त्री लामिछाने

Posted on: 14 Mar, 2024

चैत १, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी र यस प्रकणमा जोडिएकालाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउने बताएका छन् । 

सुन तस्करीबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको आयोगले बिहीबार बुझाएको प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणको दोषी जोसुकै भए पनि कानुनी कारबाही गरिने बताए ।  


छानबिन समितिको प्रतिवेदनअनुसार दोषीहरुलाई कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ । 

सुन तस्करीमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क भएका कर्मचारी र प्रहरीबारेको डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट आयोगले अध्ययन गरेको थियो । सुन तस्करी प्रकरणमा सीआईबीले कागज गराएर छाडेका २१ जनालाई आयोगले बयान गराएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!