इलाम २ मा पहिचानवादीले डाकेन्द्र थेगिमलाई साझा उम्मेदवार बनाउने

Posted on: 14 Mar, 2024

फागुन ३० काठमाडौँ | इलाम २ को उपचुनावमा पहिचान पक्षधरले डाकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ ।

प्रदेश पुन: नामकरण संयुक्त संघर्ष समितिका विभिन्न घटकहरूको काठमाडौंमा भएको बैठकले आन्दोलनरत थेगिमलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी पहिचानसहितको ‘प्रदेश १ पुन: नामकरण अभियान समिति’ का संयोजक समेत हुन् । किराँत धर्म तथा साहित्य उत्थान संघको अध्यक्ष रहेका थेगिम लामो समयदेखि किराँत धर्म तथा साहित्य ,उत्थानका लागि काम गर्दै आएका थिए ।


कोशी प्रदेश नामकरणसँगै पहिचानवादीले थालेको आन्दोलनको नेतृत्व थेगिमले गर्दै आएका थिए । जनमुक्ति पार्टीका केपी पालुंवा पनि आकांक्षी थिए । तर थेगिमलाई साझा उम्मेदवार बनाउने निर्णय भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताए ।

थेगिम किराँत धर्म गुरु आत्मानन्द लिङ्देनका विश्वास पात्र मानिन्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!