उपेन्द्र यादवको चरित्र हत्या गर्दै पोस्टर टाँसेको आरोपमा २ जना पक्राउ

Posted on: 14 Mar, 2024

फागुन ३० काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कटाक्षसहितको पोस्टर टाँसेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

धनुषा प्रहरीका अनुसार पक्राउ पर्नेमा जनकपुरधामका पंकज झा र मनिष पूर्वे छन् । पूर्वे राष्ट्रिय एकता अभियानका धनुषा जिल्ला अध्यक्ष रहेको स्रोतले बताएको छ ।


‘मधेसको गद्दार’ भन्दै यादवको चरित्र हत्या गर्ने गरी सार्वजनिक स्थानमा पोस्टर टाँसिएको इन्सपेक्टर उपेन्द्र खरेलले जानकारी दिए ।

सरकारमा गएलगत्तै प्रधानमन्त्री प्रचण्डले डोर्‍याएको कुकुरको टाउकोमा यादवलाई जोडेर सार्वजनिक स्थानमा पोस्टर टाँसिएको थियो । संलग्न व्यक्तिलाई तत्कालै पक्राउ गरी कारबाही गर्न प्रहरी अधिकारीलाई दबाब परेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!