एक हजार सूचिकृत बेरोजगारलाई रोजगार उपलव्ध गराइने

Posted on: 28 Nov, 2022

मङ्सिर १२, मोरङ । मोरङको कटहरी गाउँपालिकामा सूचिकृत  एक हजार  ३९ जना बेरोजगारलाई रोजगार उपलव्ध गराइने  भएको छ।

कटहरी गाउँपालिका,नेपाल उद्योगबाणिज्य महासङ्घ र हेल्भेटासद्वारा संयुक्त्त रुपमा कटहरीको –१ स्थित फलफुल तथा कृषि थोक वजारमा यही मङ्सीर १२ गते आयोजना हुने एक दिने ‘रोजगार मेला’ मार्फत रोजगार लगाइने भएको छ।

पालिकाका अध्यक्ष देवराज चौधरीले आज आयोजित पत्रकार सम्मेलनमा वैदेशिक रोजगारबाट फर्किएका, स्वदेशमा कामको खाजीमा रहेका तथा प्राविधिक एवं उच्च शिक्षा अध्ययन गरी वसेको युवाहरुलाई रोजगार उपलव्ध गराउनका मेलाको आयोजना  गरिएको बताउनु भयो ।

उद्योगहरुलाई आवश्यक पर्ने जनशक्त्तिलाई चाहिने शिप एवं तालीम समेत पालिकाले उपलव्ध गराउने उहाँले जानकारी दिनु भयो । स्वदेशी दक्ष जनशक्त्तिलाई स्थानीय उद्योगमा व्यवस्थापन गर्नु मेलाको मुख्य उद्देश्य रहेको छ।

महासङ्घ आवद्ध मोरङ,सुनसरी र झापाको १५ उद्योगीहरुले चाहिने जनशक्तिका सम्बन्धमा १० बटा स्टलमार्फत जानकारी गराइने छ ।  मेलामा तीन हजार युवाहरुको सहभागिता रहने विश्वास गरिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!