काठमाडौँको मेयरमा शाहको अग्रता कायमै , कति छ स्थापित र सिंहको मत परिणाम ?

Posted on: 21 May, 2022

 जेठ ७, काठमाडौँ | काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाह अग्रस्थानमा छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार ९१ हजार ९ सय ७२ मत गणना भएको छ । मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह ३३ हजार ६ सय ३४ मत ल्याएका छन् भने उनलाई १८ हजार १ सय ८९ मतसहित एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् ।

त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जना सिंहले १८ हजार ५४ मत ल्याएकी छन्। सिर्जना र स्थापितको मतान्तर १ सय ३५ मात्रै रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!