काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह २८,२९२ मतसहित अगाडि

Posted on: 20 May, 2022

जेठ ६, काठमाडौँ | काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन्।

हालसम्म ७४ हजार १ सय ९३ मतगणना गर्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले २८ हजार २ सय ९२  मत ल्याएका छन् भने  नेकपा एमालेका केशव स्थापितले १४ हजार ९ सय ८० मतसहित पछ्याइरहेका छन्। त्यस्तै कांग्रेसकी सिर्जना सिंहले जम्मा १४ हजार ६ सय ५७ मत प्राप्त गरेकी छिन्। अहिलेसम्म सात वटा वडाको मतगणना सकिएको छ । कांग्रेसका २ र एमालेका ६ वडाध्यक्ष निर्वाचित भइसकेका छन् । अहिले ६,७,८,९,२६,२७,२९ र ३१ को गणना हुने क्रम जारी छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!