राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

Posted on: 28 Mar, 2024

चैत १५, काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । 

अर्यालले बिहिबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।


नयाँ सत्ता समीकरणमा अध्यक्ष मावोवादी केन्द्रको भागमा परेर दाहाल निर्वाचित भएपछि माओवादी नेतृ समेत रहेकी अर्यालले राजीनामा दिएकी हुन् ।

राष्ट्रिय सभाको उपाध्यक्षमा यस अघि एमालेको दाबि रहेपनि एकीकृत समाजवादीले दाबि गरेपछि एमालेले छोडेको थियो ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!