सुन तस्करीमा पूर्वसभामुख महराको संलग्नता देखिएको छानबिन समितिको ठहर

Posted on: 15 Mar, 2024

चैत २, काठमाडौं | सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता देखिएको छानबिन समितिले ठहर गरेको छ । सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले महरालाई मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन दिएको स्रोतले बतायो ।

बिहीबार आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’ मार्फत् भएको सुन तस्करीमा महराको नाम जोडिएको थियो । यही प्रकरणमा महराका छोरा राहुल प्रहरी हिरासतमा पुगेका थिए । भेपमार्फत ल्याइएको सुन छुटाउन चिनियाँ गिरोहसँग महरा बाबुछोराको सम्पर्क देखिएपछि उनीहरूलाई अनुसन्धानमा तानिनु पर्ने माग हुँदै आएको थियो ।

हङकङबाट तस्करी भएको ६० किलो साथै भेपमा लुकाएर तस्करी गरिएको सुनलगायतका प्रकरणको जाँचबुझका लागि आयोग बनाइएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!