कोरोनाविरुद्धको तीन लाख ४५ हजार बुस्टर खोप नेपाल आइपुग्यो

Posted on: 13 Feb, 2023

फागुन १, काठमाडौँ | कोरोनाविरुद्धको बुस्टर डोज दिनका लागि नेपाल सरकारले फाइजर खोप ल्याएको छ । कोभ्याक्स सुविधामार्फत् ल्याउन लागिएको १५ लाख डोजमध्ये पहिलो चरणमा आज बिहान तीन लाख ४५ हजार डोज खोप काठमाडौं ल्याइएको हो । 

बाँकी खोप फागुन ४, ८, ११ र १५ गते तीन लाख ४५ हजारका दरले क्रमश ल्याइने स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले बताए । हाल ल्याइएको खोप १२ वर्षमाथिका दुई डोज पूरा गरेका नागरिकलाई दिने सरकारको तयारी छ । सो खोप ‘वाइभ्यालेन्ट’ ले ओमिक्रोन र यसका सब भेरियन्टहरुविरुद्ध पनि काम गर्ने  बताइएको छ । हाललाई टेकुस्थित केन्द्रीय कोल्डचेनमा राखिएको खोप केही दिनभित्रै प्रदेशहरुमा पठाउने योजना रहेको विभागले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!